कम्पालमा प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरवीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय विदेशमन्त्री एस.जयशंकरबीच भेटवार्ता भएको छ ।
नेपाल समयअनुसार शुक्रबार युगाण्डामा प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरका बीच भेटवार्ता भएको हो ।
युगाण्डाको कम्पालामा असंलग्न आन्दोलनका राष्ट्रहरू र सरकार प्रमुखहरूको १९औँ शिखर सम्मेलन भएको छ । सम्मेलनका क्रममा साइडलाइन वार्तामा प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।
दाहाल र जयशंकरका वीच भएको भेटवार्ता तथा कुराकानीका विषयमा दुबै पक्षले केही भनेका छैनन् ।
केही दिन अगाडि मात्रै भारतीय विदेशमन्त्री जयशंकरले दुई दिने नेपाल भ्रमण गरेका थिए । भ्रमणका बेला विभिन्न विषयमा छलफल र परामर्श भएका थिए ।
Published : Friday, 2024 January 19, 9:33 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया