सभापति देउवाका छोरा जयवीर र गायिका शिवानावीच विवाह हुने
काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाले माघको २१ गते विवाह गर्ने तयारी गरेका छन् ।
जयवीरले गायिका शिवाना श्रेष्ठसँग विवाह गर्न लागेको बुझिएको छ । जेठको पहिलो साता जयवीर र शिवानाबीच परिवारका सदस्यहरूका माझ इन्गेजमेन्ट भएको थियो ।
२८ वर्षीय जयवीर सभापति देउवा र नेतृ डा.आरजु राणाका एक्ला छोरा हुन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी र सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन् ।
गायिका शिवानाले प्रिटिप्लिज नामक अनलाइन प्लाटफर्ममार्फत सौन्दर्य प्रशाधनको व्यवसाय गर्दै आएकी छिन् ।
Published : Wednesday, 2024 January 17, 9:37 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया