माघे संक्रान्तिका अवसरमा सभापति डा.राणाद्वारा शुभकामना व्यक्त

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरज राणा देउवाले माघे संक्रान्ति अर्थात् मकर संक्रान्तिको अवसरमा दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभ–कामना दिएकी छिन् ।

सोमबार सामाजिक सञ्जालमार्फत सभापति डा.राणाले माघे संक्रान्तिको विभन्न विशेषता रहेको बताएकी हुन् । उनले नेपालका विभिन्न जातजातिहरूले विशेष पर्वका रुपमा मनाउँदै आएको माघे संक्रान्तिले सामाजिक सद्भाव बनाएको बताएकी छिन् ।

सभापति डा.राणाले नेपाल प्राचीन कालदेखि विभिन्न जातजातिहरूको बसोबासको संगमस्थल रहेको भन्दै विभिन्न भाषा, धर्म, संस्कृति र चाडपर्वहरूको आफ्नो बेग्लै विशेषता रहेको बताएकी छिन् ।

उनले एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा रहेको जनाएकी छिन् ।

मकर संक्रान्ति अर्थात् माघे संक्रान्तिलाई विशेष पर्वका रुपमा मनाउने थारु समुदाय लगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।

Published : Monday, 2024 January 15, 8:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया