भालुबाङ बस दुर्घटनामा परेकाहरुको उद्धार र उपचार छिटो गर्न मन्त्री राणाको निर्देशन, सबै सहयोग गर्ने
देउखुरी । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले दाङको भालुबाङको राप्ती पुलमा भएको बस दुर्घटनाका बारेमा चासो राख्दै सुरक्षा निकायहरुलाई उद्धार र उपचारका लागि तत्काल पहल गर्न निर्देशन दिएका छन् ।
शुक्राबार राति देउखुरीको भालुबाङस्थित राप्ती पुलबाट रेलिङ भाँचेर तल खसेको छ । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस पुलबाट तल खसेको छ । बस दुर्घटना हुँदा केही यात्रु हताहत भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
मन्त्री राणाले नेपाल प्रहरीका लुम्बिनी प्रदेशका प्रमुख (डीआईजी) उमेशराज जोशी, जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीलगायतका सुरक्षा निकायलाई फोन गरेर दुर्घटनामा परेकाहरुको उद्धार छिटोभन्दा छिटो गर्न आग्रह गरेका हुन् ।
मन्त्री राणाले बस दुर्घटनामा परेकाहरुको उद्धार र घाइतेको उपचारमा लुम्बिनी प्रदेश सरकारबाट आफूले गर्ने सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएका छन् । उनले घाइतेहरुलाई छिटो अस्पताल लगेर उपचार गराउन निर्देशन दिएका छन् ।
शुक्रबार राति नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) रामबहादुर केसीले बताएका छन् । नदीमा खसेको बसका घाइतेलाई लहमी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगायतका अस्पतालमा उपचारको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सुबेदीले बताएका छन् ।


बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया