कम उमेरमा हुने विवाहका विषयमा विद्यालयमै शिक्षा दिऔँ : सभापति डा.राणा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छिन् ।
बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा डा.राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् ।
उनले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन् ।
विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने डा.राणाले बताएकी छिन् ।
उनले यसका लागि वडा तहदेखि कानूनी रुपमा नीति बनाउन आवश्यक रहेको बताइन् । विवाह अगाडि सबै प्रक्रिया पुर्याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताएकी छिन् ।
सभापति डा.राणाले अन्तर्राष्ट्रिय धेरै देशहरूमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको बताएकी छिन् । उनले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानुन नै एकमात्र विकल्प हुनसक्ने बताइन् ।
सभापति डा.राणाले नेपालका पहाडी जिल्लाहरूमा विद्यालय अध्ययनका बेला नै विद्यार्थीले विवाह गर्ने गरेको बताइन् । उनले कम उमेरमा विवाह गर्नेहरूलाई आवश्यक अभिमुखीकरण दिनुपर्ने बताइन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया