जनताबाट कर उठाएर दर खाएपछि प्रदर्शन
भद्रपुर । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको भद्रपुर नगरपालिकाले जनताबाट उठाएको करले नगरका चेलीलाई दर खुवाएपछि विरोध भएको छ ।
जनताको करबाट नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठलगायत नगरपालिका र विभिन्न महिला संघसंस्था गरी १५ सय जनाले दर खाएका छन् ।
कार्यक्रमकी संयोजक तथा उपप्रमुख चन्द्रमाया श्रेष्ठले एक हजार पाँच सहभागीले दर खान नाम लेखाएको बताइन् । कार्यक्रममा महिलाहरूले नाच प्रस्तुत गरेका थिए ।
नगरका १० वडाका १० जना वृद्धा आमालाई पनि सम्मान गरिएको थियो । दर खाने कार्यक्रमको संयोजन उपप्रमुख श्रेष्ठ आफैले गरेकी थिइन् । दर खानका लागि नगरपालिकाले दुई लाख रुपैयाँ छुट्याएको थियो ।
जनताको करले दर खाएको भन्दै स्थानीय युवाले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा दुई दर्जन बढी युवा सहभागी थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत