जनताबाट कर उठाएर दर खाएपछि प्रदर्शन

भद्रपुर । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको भद्रपुर नगरपालिकाले जनताबाट उठाएको करले नगरका चेलीलाई दर खुवाएपछि विरोध भएको छ ।

जनताको करबाट नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठलगायत नगरपालिका र विभिन्न महिला संघसंस्था गरी १५ सय जनाले दर खाएका छन् ।

कार्यक्रमकी संयोजक तथा उपप्रमुख चन्द्रमाया श्रेष्ठले एक हजार पाँच सहभागीले दर खान नाम लेखाएको बताइन् । कार्यक्रममा महिलाहरूले नाच प्रस्तुत गरेका थिए ।

नगरका १० वडाका १० जना वृद्धा आमालाई पनि सम्मान गरिएको थियो । दर खाने कार्यक्रमको संयोजन उपप्रमुख श्रेष्ठ आफैले गरेकी थिइन् । दर खानका लागि नगरपालिकाले दुई लाख रुपैयाँ छुट्याएको थियो ।

जनताको करले दर खाएको भन्दै स्थानीय युवाले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा दुई दर्जन बढी युवा सहभागी थिए ।

Published : Saturday, 2018 September 8, 11:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया