हुतिहारा एसएसपी शाहलाई निलम्बनको माग, बालकुमारी काण्डका डीएसपी लम्सालको ठाउँमा राई कमाण्डर
काठमाडौं । नेपाल प्रहरीको हेडक्वाटरले जिल्ला प्रहरी परिसर ललितपुरमा डीएसपी सुधिर राईको सरुवा गरेको छ ।
गएको शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी घटना भएको थियो । दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
डीएसपी राईलाई अपरेसन कमान्डरको जिम्मेवारी दिइएको छ । ललितपुरका अपरेसन कमान्डर डीएसपी उमेश लम्साल निलम्बित भएका छन् ।
गोली चलाउन निर्देशन दिएको भन्दै डीएसपी लम्साललाई निलम्बन गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवार पनि निलम्बनमा छन् ।
ललितपुर परिसरका प्रमुख रहेका एसएसपी शिद्धिबिक्रम शाहलाई पनि प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । एसएसपी शाहले ललितपुरको कमाण्ड सम्हाल्न सकेका थिएनन् । शाहलाई निकम्मा एसएसपीको आरोप लागेको छ । शाहलाई पनि निलम्बनको माग उठ्दै आएको छ ।
एसएसपी शाह हेडक्वाटर तानिए पनि जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुख पठाउने निर्णय भइसकेको छैन । ललितपुर प्रहरीको जिम्मेवारी नवराज कार्कीले सम्हालेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया