सभापति देउवाद्वारा कार्यसम्पादनको बैठक आह्वान, यी विषयमा हुन सक्नेछ छलफलहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन र एमालेको अराजनीतिक माग लगायतका विषयमा परामर्श गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

सभापति देउवाले पुसको २१ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुर बोलाएका हुन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनको तयारी, उम्मेदवार, एमालेले अराजनीतिक रुपमा माग गरेकाे राष्ट्रियसभाको सिट लगायतमा छलफल हुन सक्ने बुझिएको छ ।

Published : Thursday, 2024 January 4, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया