सभापति देउवाद्वारा कार्यसम्पादनको बैठक आह्वान, यी विषयमा हुन सक्नेछ छलफलहरू
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन र एमालेको अराजनीतिक माग लगायतका विषयमा परामर्श गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
सभापति देउवाले पुसको २१ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुर बोलाएका हुन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।
राष्ट्रियसभा निर्वाचनको तयारी, उम्मेदवार, एमालेले अराजनीतिक रुपमा माग गरेकाे राष्ट्रियसभाको सिट लगायतमा छलफल हुन सक्ने बुझिएको छ ।
Published : Thursday, 2024 January 4, 7:24 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया