पत्नी हराएपछि ससुरालाई आक्रमण
खोटाङ । खोटाङ जिल्लामा पत्नी हराइको झोँकमा ज्वाइँले ससुरालाई आक्रमण गरेर घाइते बनाएका छन् ।
रुपाकोट मझुवागढी नगरपालिका– १५ विजयखर्क बसेरी निवासी ज्वाइँ गणेश खनालको सांघातिक आक्रमणबाट रुपाकोट मझुवागढी नगरपालिका– ३ बाम्राङका पदमबहादुर पाण्डे घाइते भएका हुन् ।
खनालले ससुरालीमै आएर आइतबार बिहान सुतिरहेकै ठाउँमा लट्ठी र खुकुरीले आक्रमण गरेको खोटाङ प्रहरीले जनाएको छ । आक्रमणबाट टाउको, ढाड र खुट्टामा चोट लागेका पाण्डेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भएको थियो ।
ज्वाइँको पिटाइबाट घाइते भएका पाण्डेले आइतबार नै जाँच केस फारमका लागि निवेदन दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका सई मनोज यादवले बताए ।
शरीरका विभिन्न स्थानमा चोट लागेका पाण्डेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
पत्नी हराएको विषयमा ससुरासँग विवाद भएपछि उनले आक्रमण गरेको आफन्तले बताए । सुरुमा लट्ठीले टाउकामा प्रहार गरेपछि खुकुरीले आक्रमण गरेको घाइते पाण्डेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत