पत्नी हराएपछि ससुरालाई आक्रमण

खोटाङ । खोटाङ जिल्लामा पत्नी हराइको झोँकमा ज्वाइँले ससुरालाई आक्रमण गरेर घाइते बनाएका छन् ।
रुपाकोट मझुवागढी नगरपालिका– १५ विजयखर्क बसेरी निवासी ज्वाइँ गणेश खनालको सांघातिक आक्रमणबाट रुपाकोट मझुवागढी नगरपालिका– ३ बाम्राङका पदमबहादुर पाण्डे घाइते भएका हुन् ।
खनालले ससुरालीमै आएर आइतबार बिहान सुतिरहेकै ठाउँमा लट्ठी र खुकुरीले आक्रमण गरेको खोटाङ प्रहरीले जनाएको छ । आक्रमणबाट टाउको, ढाड र खुट्टामा चोट लागेका पाण्डेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भएको थियो ।
ज्वाइँको पिटाइबाट घाइते भएका पाण्डेले आइतबार नै जाँच केस फारमका लागि निवेदन दिएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका सई मनोज यादवले बताए ।
शरीरका विभिन्न स्थानमा चोट लागेका पाण्डेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
पत्नी हराएको विषयमा ससुरासँग विवाद भएपछि उनले आक्रमण गरेको आफन्तले बताए । सुरुमा लट्ठीले टाउकामा प्रहार गरेपछि खुकुरीले आक्रमण गरेको घाइते पाण्डेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत