माघदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन हुने

काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियानको कार्ययोजना पारित गरेको छ ।

कांग्रेसले आइतबार विज्ञप्ति जारी गरेर भनेको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८० साउन ४ गतेको बैठकबाट पारित वार्षिक कार्ययोजना अनुरूप कार्तिक महिनामा संचालन गर्ने तय भएको ‘समुदायमा कांग्रेस’ अभियान विविध कारणले समयमै सम्पन्न हुन नसकेकोले २०८० माघ ७ देखि २२ गतेसम्म केन्द्रीय प्रतिनिधि खटाई सम्पन्न गर्ने ।’

कांग्रेसले अभियानका लागि प्रतिनिधिहरु पठाउनेछ । विभिन्न कारणले कांग्रेसको अभियान प्रभावित बनेको थियो ।

Published : Monday, 2024 January 1, 8:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया