कृषकले कृषि उत्पादनको अनुदान पाएनन्, उचित मूल्य पाउनुपर्छ : डा.आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणाले कृषकले उत्पादनको उचित अनुदान नपाएको बताएकी छिन् ।
शनिबार ललितपुरको सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै डा.राणाले कृषकहरुलाई उचित मूल्य दिनुपर्ने बताए । उनले भनिन्, ‘कृषकले कृषि उत्पादनको मूल्य पाएनन् । कृषिमा उपत्पादन गरेपछि मूल्य पाउनुपर्छ । सरकारले दिएको अनुदान सम्बन्धित कृषकलाई समयमा पुगेको छैन ।’
कृषि, सहकारी तथा स्रोत साधन समितिकी सभापति डा.राणाले कृषि क्षेत्रको विकासमा गम्भीर भएर ध्यान दिनुपर्ने बताएकी छिन् ।
कांग्रेस नेतृ डा.राणाले गुटको राजनीतिको विरोध गरेकी छिन् । उनले गुटका नाममा नेताहरूबीच आफैंमा बाझ्ने काम गर्न नहुने बताएकी छिन् । उनले गुटका नाममा नेताहरू बाझ्दा पार्टीलाई क्षति पुगिरहेको बताइन् ।
नेतृ डा.राणाले भनेकी छिन्, ‘यो वा त्यो गुटका नाममा नेताहरू आफ्नै पार्टीभित्र बाझ्दा यसले राम्रो सन्देश दिइरहेको छैन ।’
नेतृ डा.राणाले भनिन्, ‘आफैँबीच बेमेल हुँदा जहिले पनि भोट काटिइरहेको छ, गुटका नाममा नबाझौं ।’
उनले पार्टीभित्र फरक मत राख्न पाइने बताएकी छिन् । डा.राणाले फरक मत गुटका भेला गरी नराख्न र बैठकहरूमा राख्न पनि आग्रह गरेकी छिन् ।
नेतृ डा.राणाले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार तय गर्दा देशको नेतत्व गर्न सक्ने अनुभवीलाई अवसर दिइनुपर्ने बताएकी छिन् ।
डा.राणाले बालकुमारीमा शुक्रबार भएको घटनाको जिम्मेवार दलहरू नै भएको बताएकी छिन् । उनले निराशाको भास्य नबनाउन पनि आग्रह गरेकी छिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया