मोस्ट वान्टेड विप्लव र प्रकाण्ड बालुवाटारभित्र देखिए
काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटारभित्र देखिएका छन् ।
बुधबार बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकमा सहभागी हुन विप्लव आफ्ना नेता खड्गबहादुर विश्वकर्मासँग आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा सहभागी हुन प्रहरीको फरार सूचीमा रहेका विप्लव बालुवाटार आएका हुन् ।
समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा), नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र सोही पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लगायतविरुद्ध पक्राउ पुर्जी आदेश भएको छ ।
Published : Wednesday, 2023 December 27, 11:13 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया