गणतन्त्रलाई कमजोर गर्नेकुरा भइरहेको छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन् ।
ललिपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताए ।
सभापति देउवाले नेता स्व. भट्टराई कुनै पनि बद्नामले नछोएको व्यक्ति भएको बताएका छन् । उनले नेता भट्टराईको विषयमा खोजेर पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताएका छन् ।
‘भट्टराईजीका बारेमा जति बोले पनि पुग्दैन’, देउवाले भने, ‘उहाँ निर्लोभी, कुनै पनि बद्नामले नछोएको व्यक्ति, अत्यन्त त्यागी व्यक्ति हुनुहुन्थ्यो ।’
उनले भने, ‘वास्तवमा उहाँको विषयमा खोजीनीति हुनुपर्छ । उहाँको विश्लेषण हुनुपर्छ । उहाँको कुरा किताबमा लेख्नुपर्छ । यो कुरामा हामी लागेका छौँ ।’
‘कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा अवश्य पनि मलाई विश्वास छ’, सभापति देउवाले भने, ‘हाम्रो पार्टी प्रजातन्त्रप्रति आस्थावान् मात्रै होइन, प्रजातन्त्रलाई अझ सुदृढ गर्दै लगेर, गणतन्त्रलाई सुदृढ गर्दै लैजानका लागि अहिले पनि विभिन्न किसिमका कुराहरू आइरहेका छन् ।’
उनले भने, ‘अहिले पनि गणतन्त्रलाई कमजोर गर्नेकुरा भइरहेको छ । यस्ता विषयमा हामीले ध्यान दिनुपर्छ । गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न हाम्रो मुख्य बाटो हो ।’
सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया