प्रधानमन्त्री दाहाल, सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता, रमेश पनि सहभागी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसंग संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा परामर्श गरेका छन् ।
आइतबार बिहान दाहालले बालुवाटारमा प्रधानमन्त्री दाहालले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओलीबीच भएकाे छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
उनीहरूका बीच संक्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको छ । सोमबार पुनः बैठक बस्ने सहमति भएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा विचाराधीन अवस्थामा छ ।
उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी संघीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया