राज्य व्यवस्थाले प्रधान सेनापतिलाई बोलाएर लियो स्पष्टीकरण
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–बारा द्रुत मार्गको काम तिब्रगतिमा अगाडि बढिरहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सेनापति शर्माले द्रुत राजमार्गको काम तिब्रगतिमा भइरहेको बताएका हुन् ।
उनले कोभिड १९, खोकनामा जग्गा खरिद प्रक्रिया हुन नसकेको लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको भए पनि अहिले कामले गति लिएको बताएका छन् ।
८९ वटा पुलमध्ये ७२ वटा पुलको ठेक्का भैसकेको र बाँकी ठेक्का प्रक्रियामा रहेको जानकारी शर्माले बताएका छन् ।
प्रधानसेनापति शर्माले वातावरणीय मूल्याङ्कन प्रतिवेदन स्वीकृतका लागि बन मन्त्रालयमा दुई वटा प्रतिवेदन पेस भएको बताएका छन् ।
कोभिडले आयोजनाको काम ४ महिना ढिलो भएको, विस्तृत आयोजना स्वीकृत साढे दुई महिना प्रभावित भएको र रुख कटान र जग्गाको भोगाधिकार गत जेठ देखि रोकिएको शर्माले बताएका छन् ।
प्रधानसेनापति शर्माले हाल भारतबाट विस्फोटक पदार्थ आपूर्ति हुन नसके पनि चीनबाट आपूर्ति भइरहेको बताएका छन् ।
द्रुत राजमार्गका विषयमा सेनामाथि प्रश्न उठेपछि समितिका सभापति रामहरि खतिवडाले प्रधानसेनापति शर्मालाई बोलाएर जानकारी लिएका छन् ।
सेनाका विषयमा उठेका विभिन्न बारेमा सदस्यहरूले जानकारी माग गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया