म राष्ट्रिय सभाको उम्मेदवार बन्दैन, दाबी पनि छैन : कांग्रेस सह-महामन्त्री उपाध्याय
काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले राष्ट्रिय सभाको टिकटको दौडमा आफू नरहको बताएकी छिन् ।
बुधबार सञ्चारकर्मीहरूसँग अनौपचारिक कुराकानीका क्रममा सह–महामन्त्री उपाध्यायले राष्ट्रिय सभाको निर्वाचनमा आफू उम्मेदवार नबन्ने बताइन् । उनले भनिन्, ‘म राष्ट्रिय सभाको निर्वाचनका लागि टिकट लिने दौडमा छैन । राष्ट्रिय सभामा जाने मेरो कुनै इच्छा छैन ।’
नेतृ उपाध्यायले प्रतिनिधिसभामा उम्मेदवार बनेको बताउँदै सबै भाग आफूलाई चाहिन्छ भन्ने पक्षमा नरहेको बताएकी छिन् । ‘मकवानपुरबाट प्रतिनिधिसभामा मैले टिकट पाइसकेँ’, उनले भनिन्, ‘जितहार भनेको जहाँ पनि हुन्छ । मलाई राष्ट्रिय सभाको टिकट चाहिएको छैन । म उम्मेदावर बन्दैन ।’
नेतृ उपाध्यायले राष्ट्रिय सभाको टिकटका लागि दाबी गरेको भनेर आएका समाचारप्रति चिन्ता जनाएकी छिन् । उनले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार नबन्ने दोहोर्याइन् ।
सह–महामन्त्री उपाध्यायले आफ्नो बारेमा समाचार लेख्दा एक पटक सम्पर्क गरेर सत्यतथ्य समाचार प्रकाशित गर्न अनुरोध गरेकी छिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया