सभापति डा.राणासँग भारतीय सांसदहरूद्वारा भेटवार्ता, कृषि र जलवायुबारे परामर्श
काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति एवम् नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणासँग भारतीय नेताहरूले भेटवार्ता गरेका छन् ।
सोमबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा भारतीय सांसद र नेताहरूले भेटवार्ता गरेका हुन् । भेटमा दुई मुलुकबीचको सम्बन्ध कृषि र जलवायुसम्बन्धी विषयमा परामर्श भएको सभापति डा.राणाको निजी सचिवालयले जनाएको छ ।
सभापति डा.राणासँग भारतको लोकसभाका सांसद डा. सञ्जय जैसवाल, सांसद मुकुल शर्मा (एशिया निर्देशक, जलवायु संसद) र सांसद डा.सुमेधा बसु (दक्षिण एशिया नीति सल्लाहकार)ले भेटवार्ता गरेका हुन् ।
भारतीय सांसदहरू नेपाल भ्रमणमा छन् । उनीहरूसँग सभापति डा.राणाले कृषिमा उत्पादकत्व वृद्धि, जलवायुमा परिरहेको असरको न्यूनीकरणबारे परामर्श गरेकी छिन् ।


बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया