एनसेलमाथि छानविन भइरहेको छ, दोषी पाइए कारबाही : अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलले कर छलेको पाइए सरकारले कारबार गर्ने बताएका छन् ।
सोमबार नेपाली कांग्रेस नुवाकोटको सम्मेलनलाई विदुरमा सम्बोधन गर्दै डा.महतले एनसेलबारे सरकारले छानविन समिति बनाएको र करछली गरेको पाइए कारबाही हुने चेतावनी दिए ।
‘किनबेच अर्थ मन्त्रालयले हेर्दैन, प्राधिकरणले हेर्छ, त्यसको छानविन हुँदैछ’, अर्थमन्त्री डा.महतले भने ।
डा.महतले क्षणभरमा महत्वाकाङ्क्षा पूरा गर्ने उद्देश्य लिएको राजनीतिक दल दिगो नबन्ने बताएका छन् ।
‘हामीले बुझिराखौं, भ्रम पैदा गर्ने राजनीति दल दीगो हुँदैन’, अर्थमन्त्री डा.महतले भनेका छन् ।
Published : Monday, 2023 December 18, 10:39 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया