कांग्रेसद्वारा महासमिति बैठकको मिति र तयारी परिमार्जन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठकको मिति र तयारीका कारण कार्यतालिकामा परिमार्जन गर्नुपर्ने भएको जनाएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक र तयारीका विषयमा परिमार्जन हुने विज्ञप्तिमा उल्लेख छ ।
भूकम्प र पार्टीका तहगत सम्मेलनहरूका कारण स्थगित भएका कार्यक्रमहरू समेत समाहित गरी पार्टी कार्यतालिका (क्यालेण्डर) परिमार्जन गरी केन्द्रीय कार्यालयले लागू गर्नेछ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २ देखि १० गतेसम्म बसेको बैठकले परिमार्जन सहित पारित गरेको पार्टीको वार्षिक कार्यतालिका कार्यान्वयन प्रारम्भ भइसकेको विदित रहेको जनाएको छ ।
कात्तिक १७ गते जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा गएको भूकम्पका कारण पार्टीले आफ्ना नियमित कार्यतालिकाका कार्यक्रम स्थगित गरी भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गरेको थियो ।
पार्टीका सबै तहका सम्मेलनहरू सम्पन्न गर्नेतर्फ ध्यान दिँदा कार्यतालिकाका कार्तिक र मंसिर महिनाका कार्यक्रमहरू प्रभावित हुन पुगेको कांग्रेसले जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया