पुस दोस्रो सातादेखि वडासम्म ‘समुदामा कांग्रेस अभियान
काठमाडौं । नेपाली कांग्रेसले पुस दोस्रो हप्तादेखि ‘समुदायमा कांग्रेस’ अभियान चलाउने निर्णय गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १६ देखि माघ १६ गतेसम्म वडा तहसम्म पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान संचालन गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
सो अभियानका लागि केन्द्रीय कार्यसमितिको तर्फबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय भएको कांग्रेसले जनाएको छ ।
सभापति शेरबहादुर देउवाले कार्यक्रमलाई सफल बनाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
Published : Friday, 2023 December 15, 6:00 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया