कार्यकर्ताबाट खड्गप्रसाद ओलीले झापड भेटे, एमालेको सातोपुत्लो उड्यो
इटहरी । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई धनकुटा जिल्लामा आफ्नै कार्यकर्ताबाट आक्रमणको प्रयास भएको छ ।
बिहबार ओलीलाई मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा धनकुटामा एकजनाले हातपातको प्रयास गरेका हुन् ।
भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि हातपातको प्रयास भएको छ । ओलीमाथि लेगुवाकै महेश राईले हातपातको प्रयास गरेका हुन् ।
ओलीको स्वागतमा लाइनमा बसेकाहरूको बीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर हात हाल्ने प्रयास गरेका हुन् ।
राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरूले उनलाई समातेका थिए । राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले हातपातको प्रयास गर्नुको कारण खुलेको छैन ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताएका छन् । एमालेले पनि ओलीलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का हान्ने प्रयास गरेको कुरालाई लुकाउन खोजेको छ ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति निकालेर ओली भोजपुरबाट धनकुटा जाने क्रममा लेगुवा बजारमा जनताबाट स्वागत लिने क्रममा मादक पदार्थ सेवनबाट उत्तेजित बनेका एक व्यक्तिले देखाएको अस्वभाविक व्यवहारलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएको दाबी गरेका छन् ।
गौतमले तथ्य नबुझी अनर्गल प्रचार नगर्न पनि अनुरोध गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया