लाजिम्पाटमा कांग्रेसका केन्द्रीय सदस्यहरूको बैठक, महासमितिको तयारीबारे परामर्श
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारीसहितका केन्द्रीय नेताहरूले पार्टीको महासमिति बैठक लगायतका विषयमा परामर्श गरेका छन् ।
बुधबार बिहान पानीपोखरी, लाजिम्पाट, काठमाडौंमा बसेको नेता भण्डारीसहितका नेताहरूले महासमितिको बैठकमा उठाउने विषयवस्तुका बारेमा छलफल गरेका हुन् । उनीहरूले कांग्रेसको संगठन सुदृढीकरण, हिन्दु राष्ट्रको विषयलाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल गरेका छन् ।
नेता भण्डारीसहितका नेताहरूले पछिल्लो समय केही अराजक तत्वहरूले राजनीतिप्रति फैलाएको घृणालाई मत्थर पार्ने विषयमा पनि गम्भीर छलफल गरेका छन् । लोकतन्त्रमा आफ्ना धारणा र आलोचना गर्न पाइनेभन्दै नेताहरूले मर्यादित रुपमा प्रस्तुत हुनुपर्ने दायित्व सबैको रहेको जनाएका छन् ।
हिन्दु राष्ट्रको विषय महासमितिको बैठकमा कसरी प्रवेश गराउने भन्नेबारेमा रायसुझाव माग गरेको नेता भण्डारीले बताएका छन् ।
नेता भण्डारीका साथै बैठकमा केन्द्रीय सदस्यहरू देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, गेहेन्द्र गिरी, चन्द्र केसी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
नेता भण्डारीले सनातन हिन्दु राष्ट्रको पक्षमा आवाज उठाउँदै आएका छन् । हिन्दु राष्ट्र बनाउने विषयमा नेता भण्डारीले सभापति शेरबहादुर देउवासँग समेत भेट गरेर आग्रह गरिसकेका छन् ।
बैठकमा सहभागी पूर्वमन्त्री भण्डारीसहितका नेताहरू सभापति देउवा निकटका मानिन्छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया