सुन काण्डका नासु खड्कालाई छुटाउन १ करोडमा सेटिङ, सीआईबीले थाहा पायो
काठमाडौं । सुन तस्करी काण्डमा पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्काको मुद्दा मिलाएर छुटाइदिने भनेर करीव एक करोड रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराई दिन्छु भनि उनका बुवा अमरबहादुर खड्काबाट पटक पटक गरी उनान्सय लाख पचहत्तर हजार ठगी गरेको अभियोगमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले भोजपुरको हतुवागढी नगरपालिका वडा नं. ५ घर भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. १ रानीबन बस्ने २६ वर्षीया रीतु राईलाई पक्राउ गरिएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
ठगी काण्डमा बर्दियाको पाताभार गाउँपालिका वडा नं. १ स्थायी घर भइ हाल काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. १ रानीबन बस्ने वष २१ का निरेश चौधरी पनि रहेका छन् । व्यूरोको टोलीले रीतु र निरेशलाई मंसिर २५ गते पक्राउ गरेको जनाएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ घर भएका खड्का आपराधिक विश्वाशघात र संगठित अपराध समेत मुद्दामा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)बाट पक्राउ परी काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथ देवल थुनामा छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया