परामर्श गर्न सभापति देउवाले शीर्ष नेताहरूलाई पार्टी कार्यालयमा बोलाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति लगायतका विषयमा परामर्श लिन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
सोमबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर सभापति देउवाले कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको बताएका छन् ।
बैठक मंसिर २९ गते शुक्रबार दिउँसो १२ बजेर १५ मिनटमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।
मुख्यसचिव पौडेलका अनुसार महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
Published : Monday, 2023 December 11, 9:56 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया