सभापति देउवाले कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’को प्रकाश शुरु गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक मुखपत्र ‘नेपाल पुकार’को सुरुवात गर्ने भएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार विभागले पुन: प्रकाशन गरिएको पार्टीको ऐतिहासिक मुखपत्र ‘नेपाल पुकार’ त्रैमासिकको लोकार्पणको तयारीका विषयमा छलफल गरेको हो ।

मंसिर २४ गते आइतबार १ बजे पार्टी केन्द्रीय कार्यालयमा भव्यताका साथ सम्पन्न गर्न विभिन्न तयारी गर्ने निर्णय गरेको विभागले जनाएको छ ।

नेपाली कांग्रेसले २००६ सालदेखि पार्टीको आधिकारिक मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन प्रारम्भगरि लामो समयसम्म निरन्तरता पनि दिएको थियो ।

मुलुकको विभिन्न राजनैतिक प्रणालीका आरोह अवरोहमा बन्द हुँदै र खुल्दै आएको ऐतिहासिक पत्रिका पुन: नयाँ कलेवर एवम् म्यागजिनका रुपमा प्रकाशित भई लोकार्पण हुनेछ ।

विभागले समारोहमा उपस्थितिका लागि पार्टी केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्य, भ्रातृ संघ, शुभेच्छुक संस्था तथा शुभचिन्तक, सञ्चारकर्मी, पत्रकार, लेखक, साहित्यकार, पाठक एवं विश्लेषक र वुद्धिजीवीहरूलाई अनुरोध गरेको छ ।

Published : Saturday, 2023 December 9, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया