पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सक्छौं : सभपाति देउवा
ओखलढुंगा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भए चुनावमा बहुमत ल्याउन सक्ने बताएका छन् ।
मंगलबार ओखलढुंगामा नेपाली कांग्रेस ओखलढुंगाको सम्मेलनलाई सम्बोधन गर्दै देउवाले अहिलेको निर्वाचन प्रणालीअनुसार एकल बहुमत ल्याउन पार्टीलाई मुश्किल पर्ने पनि बताए ।
उनले भने, ‘एउटा पार्टीको मात्र बहुमत ल्याउन अलि गाह्रो छ । तैपनि पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ ।’
सभापति देउवाले भने, ‘बहुमत ल्याए कांग्रेसले चाहे जसरी काम गर्न सक्छ ।’
कांग्रेस सभापति देउवाले संघीयता कार्यान्वयनमा जोड दिएका छन् । उनले भने, ‘हाम्रो देश संघीयतामा गइसकेको छ । यो संघीयतालाई हामीले राम्रोसँग चलायौं भने हाम्रो देशको विकास हुन सक्छ ।’
उनले भने, ‘आदिवासी–जनजाति, महिला सबैको प्रतिनिधित्व हुने गरी हामीले संविधान पनि बनाएका छौं ।’
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता शेखर कोइराला, रामहरि खतिवडा, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया