मन्त्री बस्नेतलाई शीतल निवासबाट बोलावट, कुरा सुनेपछि पौडेल सन्तुष्ट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्वास्थ तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत भेट गरेका छन् ।
बुधबार शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले मन्त्री बस्नेतलाई भूकम्पबाट भएका घाइतेहरूको शीघ्र तथा प्रभावकारी उपचार सेवामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।
पौडेलले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावितहरूको अवस्था, उपचार सेवा र सुविधालगायतका विषयमा मन्त्री बस्नेतसँग जानकारी लिएका छन् ।
राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज, सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न मन्त्री बस्नेतसँग आग्रह गरेका छन् ।
पौडेलले अस्पतालहरूको स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहबारे पनि चासो राखेका छन् ।
जाडोयामसँगै देखापर्ने विभिन्न रोगको उपचारका लागि पनि बेलैमा आवश्यक तयारी गर्न पनि पौडेलले मन्त्री बस्नेतसँग आग्रह गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया