‘कम्युनिस्टहरू मिले पनि कांग्रेस कमजोर छैन’
सर्लाही । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले गुटउपगुटले पार्टी कमजोर भएको बताएका छन् ।
सर्लाहीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डा.कोइरालाले गुटका कारण कांग्रेस कमजोर जस्तो देखिए पनि गुटवन्दी अन्त्य गरिए एक्लै चुनाव लडे पनि दुई तिहाई आउने बताए ।
‘गुटवन्दीका कारण पार्टीको अवस्था दयनीय बनेको छ’, उनले भने, ‘नेताहरूलाई गुटबन्दी अन्त्य गरेर संगठन विस्तारमा लाग्नु पर्छ ।’
महामन्त्री डा.कोइरालाले भने, ‘कांग्रेसभित्रको गुटउपगुटले लज्जास्पद् हार व्यहोर्नु परेको छ ।’ कांग्रेसले पाएको समानुपातिक भोटको अवस्थाले कांग्रेसभित्र चरम गुटबन्दी रहेको तथ्य प्रमाणित भएको महामन्त्री डा.कोइरालाले बताए ।
‘समानुपातिक भोटमा कांग्रेस बलियो अवस्थामा छ’, डा.कोइरालाले भने, ‘प्रत्यक्ष निर्वाचनको हार भनेको कम्युनिस्ट शक्तिहरू एक भएका कारणले भन्दा पनि हामीभित्रकै गुटउपगुट प्रमुख कारण हार भएको थियो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत