फेसबुकका मालिकले ल्याउन लागे नयाँ सोसल मिडिया
न्युयोर्क । फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ सोसल मिडिया ल्याउने तयारी गरेका छन् ।
जुकरबर्गले नयाँ ल्याउन लागेको सोसल मिडियाको परीक्षण गरिरहेका छन् । जुकरबर्ग इन्टरनेटमा सोसल मिडियाको नयाँ युग सुरुवात गर्ने व्यक्ति हुन् ।
जुकरबर्गले स्थापना गरेको फेसबुकले सोसल मिडिया प्लाटफर्मको क्षेत्रमा नयाँ क्रान्तिको सुरुवात गरेको छ ।
जुकरबर्ग ट्वीटरजस्तै एउटा नयाँ सोसल मिडिया प्लाटफर्म ल्याउने तयारी गरेको हुन् ।
जुकरबर्गको प्लाटफर्ममा प्रयोगकर्ताले ट्वीटरमा जस्तै टेक्स्टहरू पोस्ट गर्ने सुविधा पाउनेछन् । प्लाटफर्मलाई इन्स्टाग्रामसँग पनि जोड्न सकिनेछ ।
जुकरवर्गको कम्पनी मेटाले छिटै आफ्नो माइक्रोब्लगिङ प्लाटफर्म लञ्च गर्न सक्छ । जुन महिनामा मेटाले नयाँ प्लाटफर्मको घोषणा गर्ने दाबी गरिएको छ ।
मेटाले बार्सिलोना कोड नामबाट यो प्रडक्टको परीक्षण गरिरहेको छ । यो एप अहिले अल्फा टेस्टिङको चरणमा छ ।
जुकरबर्गको नयाँ प्लाटफर्ममा ५ सय अक्षरहरू टाइप गर्न सकिनेछ । यसमा ह्यासट्याग पनि प्रयोग गर्न सकिनेछ । एजेन्सी
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया