उद्धारमा खटिन कांग्रेसका भातृ संगठनहरूलाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले केही दिनदेखिको परेको अविरल वर्षापछि आएको वाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न जिल्लाहरूमा धनजनको ठूलो क्षति भएको र जनजीवन अस्तव्यस्त भएकोमा दुःख व्यक्त गरेको छ ।

कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर वाढी पहिरोबाट कैलाली, बाँके, सिन्धुली, रोल्पा, चितवन, पर्सा, महोत्तरी, सुनसरी लगायतका जिल्लाहरूमा डेढ दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको तथा ठूलो संख्यामा मानिसहरू वेपत्ता र विस्थापित हुनका साथै कैयौं व्यक्ति घाइते भएको भन्दै उद्धार र राहतका लागि अपील गरेको छ ।

प्राकृतिक विपतको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामाग्रीहरू खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग नेपाली कांग्रेस आग्रह गरेको छ ।

बाढी, पहिरो र डुवानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माणका लागि समेत कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

वाढी पहिरो प्रभावित सम्बन्धित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै निकायहरुले पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरूलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउन सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा मानिसहरुलाई स्थानान्तरण गराउने कार्यमा जुट्नका लागि कांग्रेसले निर्देशन दिएको छ ।

Published : Tuesday, 2018 July 3, 10:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया