पूर्वराजाले दुई हप्ता निर्मल निवास छाड्ने, आखिर जाँदै छन् कहाँ ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका लागि नेपालगञ्ज जाने भएका छन् ।

पूर्वराजा शाह आगामी हप्ता नेपालगञ्ज जान लागेको निजी सचिवालयद्वारा बुधबार बिहान जारी सूचनामा उल्लेख छ । पूर्वराजा शाहसँ पत्नी पूर्वरानी कोमल शाह पनि जाने कार्यक्रम छ ।

स्रोतको अनुसार पूर्वराजा शाहले असार २३ गते नेपालगञ्जमा आफ्नो जन्मोत्सव मनाउनेछन् ।

नेपालगञ्ज बसाइँका क्रममा पूर्वराजा शाहले आफ्ना शुभेच्छुकहरूसँग भेटवार्ता गर्नेछन् । उनले स्थानीय राजनीतिक दलका नेताहरूसँग पनि भेट्ने जनाइएको छ ।

Published : Wednesday, 2018 June 27, 5:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया