बजेटबारे कांग्रेसको टिप्पणीले ओली–खतिवडा निरास, आत्तियो कम्युनिस्ट सरकार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बजेटले कुनै नयाँपन दिन नसकेको भन्दै बेकारको बजेटको संज्ञा दिएका छन् ।

संसदको बैठकपछि मंगलबार पत्रकारसँग कुरा गर्दै देउवाले बजेटले सपनामात्र बाँडेको टिप्पणी गरे । अर्थमन्त्री डा.युवराज खतिवडाले संसदको संयुक्त बैठकमा बजेट पेश गरेपछि प्रतिक्रिया दिदै कांग्रेस सभापति देउवाले बेकारको संज्ञा दिएका हुन् ।

देउवाले भने, ‘यो सबै बेकारको कुरा हो । बजेट आयो, बोझ बढाएर गयो । कर बढाएर उत्पादकत्व बढाउछु भन्ने हावादारी हो ।’

कांग्रेस नेता डा.मीनेन्द्र रिजालले दिउँसै सपना देख्ने क्रम बन्द नभएको प्रतिक्रिया दिए । उनले बजेटको आकार ठूलो भएको र कुनै नयाँ कार्यक्रम दिन नसकेको टिप्पणी गरे ।

डा.रिजालले ९४५ अर्ब राजश्व उठाउन असम्भव रहेको दावी गरे । निजी क्षेत्रलाई निराश बनाउने ढंगले बजेट आएको भन्दै थप ५ लाख रोजगारी सिर्जना कुरा झनै हावादारी रहेको डारिजालको भनाइ छ ।

कांग्रेसका युवा नेता गगन थापाले बजेटमा कतैबाट पनि उत्साहित हुने ठाउँ नदेखिएको बताए । उनले भने, ‘प्रधानमन्त्रीले बजेटसम्म हेर्नुस् म के गर्छु भनेर देखाउछु भन्नुभएको थियो, एक प्रकारले जोखिमको अपेक्षा गरेको थिएँ तर त्यस्तो कुनै देखिएन ।’

कांग्रेसका नेताहरूले बजेटका विषयमा प्रारम्भीक प्रतिक्रिया दिए पनि यसबारेमा अध्ययन गरेर औपचारिक टिप्पणी गर्ने जनाएका छन् ।

Published : Tuesday, 2018 May 29, 8:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया