करातेका खम्बा मीनकृष्ण महर्जन खेलकुद पदकबाट विभुषित
काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवम् करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जन बागमती प्रदेशको खेलकुद पदकबाट विभुषित भएका छन् ।
२०४२ सालदेखि सितोरियो करातेमा आवद्ध महर्जन सितोरियो करातेका ५औं डान प्राप्त गरिसकेका खेलाडी हुन् ।
महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ दर्जनभन्दा स्वर्ण पदक हासिल गरिसकेका छन् ।
महर्जन सन् १९९८ मा नेपालमा भएको आठौं साफगेममा करातेको कोच थिए ।
त्यतिबेला करातेले १४ वटा स्वर्ण पदकका साथ नेपाल साउथ एसियामा दोस्रो स्थान ल्याउन सफल भएको थियो ।
कुनै समय खेलकुदनै महर्जनमय थियो । महर्जनको नाम खेलकुदमा काफी छ । महर्जन खेलकुदको क्षेत्रमा हस्तीका रुपमा परिचित छन् ।
महर्जन वैदेशिक प्रशिक्षण तथा गेमको क्रममा जापान, फ्रान्स, जर्मन, बेल्जियम, कोरिया मलेसिया, सिंगापुर, चाइना, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, भारत लगायत थुप्रै देश्मा सहभागी भइसकेका खेलाडी हुन् ।
अहिले नाम चलेका करातेका खेलाडीहरू उनै महर्जनले उत्पादन गरेका खेलाडीहरू हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया