बडीगाडमा एमालेले आचारसंहितलाई गुन्यो लगाइदियो, पाइजालाई औकातमा बस्न चेतावनी
बडीगाड । बागलुङ जिल्लाको बडीगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले निर्वाचन आचारसंहिता विपरित योजनाहरूको उद्घाटन गरेको भन्दै आलोचना भएको छ ।
निर्वाचन आयोगले शुक्रवार मध्यरातिदेखि निर्वाचन आचारसंहिता जारी गरेको छ ।
आचारसंहिताको उल्लघंन गर्दै अध्यक्ष पाइजाले बडीगाड गाउँपालिका–८ स्थित पोखराडाँडा हिल्मेडाँडा भट्टेनी भेडीखोर मोटरबाटो आयोजनाको उद्घाटन गरेका हुन् । पाइजा एमालेका नेता पनि हुन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसहिंतामा कुनै पनि योजनाको उद्घाटन शिलान्यास गर्न नपाउने उल्लेख छ ।
अध्यक्ष पाइजाले उक्त आचारसंहिता विपरित मोटरबाटो आयोजनाको उद्घाटन गरेका हुन् ।
नेपालको संविधान २०७२ ले परिकल्पना गरे बमोजिम स्थानीय निर्वाचन २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिन ३० दिन बाँकी छ ।
यस्तो बेला उनले आचारसंहिता लागू भएको अर्को दिन सयौँ कार्यकर्तालाई राखेर निर्वाचनलाई प्रत्यक्ष रुपमा प्रभावमा पार्ने गरी मोटरबाटो आयोजनाको उद्घाटन गरेका हुन् ।
एमालेका नेता र वडाध्यक्ष यमबहादुर श्रीष थापालाई समेत कार्यक्रममा उपस्थित बनाई आचारसंहिताको ठाडो उल्लंघन भएको छ ।
स्थानीय सरकार प्रमुखबाटै नियम र आचारसंहिता विपरित काम गर्नु अत्यन्तै निन्दनीय र लज्जास्पद भएको कांग्रेसका नेताहरूको भनाइ छ ।
कांग्रेस र माओवादीका नेताहरूले गाउँपालिकाका अध्यक्ष पाइजाबाट यस्तो गलत कार्य र प्रवृति बन्द नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
सत्ता गठबन्धनका नेताहरूले स्थानीय निर्वाचनलाई स्वच्छ र निष्पक्ष हुनपर्नेमा जोड दिँदै बडीगाड गाउँपालिकाका अध्यक्ष पाइजाबाट आचारसंहिता विपरित काम हुँदै गर्दा कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवार गाउँपालिका अध्यक्ष हुनुपर्ने चेतावनी दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया