देशलाई चिनाउने खेलकुदको विकासमा राज्यले ध्यान दिनुपर्छ : डा.महत
काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले खेलकुदमा युवाहरूको मोह रहेको र यसका विधा पनि ब्यापक भएकोले खेलकुदको विकासमा राज्यले ध्यान दिनुपर्ने बताएका छन् ।
शनिबार बिहान नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा काठमाडौंमा आयोजित दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार बितरण कार्यक्रममा सम्बोधन गर्दै डा.महतले भने, ‘यसमा थोरै लगानी गरेपनि धेरै प्रतिफल आउँछ । त्यसैले यसलाई प्राथमिकतामा राख्नुपर्दछ ।’
उनले भने, ‘यो कुरा म नेतृत्वसामु पनि राख्ने छु ।’
त्यागी, सादा र सरल व्यक्तित्वका धनी नेपाली कांग्रेसका संस्थापक नेता, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई पुनः स्मरण गराउँदै कांग्रेसको इतिहासलाई वर्तमान युवा पुस्तासंग जोड्न खेलकुद प्रतियोगिता आयोजना गरेकोमा डा.महतले आयोजकलाई धन्यवाद पनि दिए ।
उनले म्याराथनका विजयी, प्रतिस्पर्धी र सहभागी सबैलाई बधाई पनि दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँसहितका खेलकुद क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया