एआईजी बढुवाको बाटो खुल्यो, बिहीबार भाग्य चम्किन सक्ने
काठमाडौं । लोक सेवा आयोगले नेपाल प्रहरीका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बाटो खोलिदिएको छ ।
एआईजी बढुवा सिफारिसविरुद्ध परेको उजुरी छानबिन गर्न गठित समितिले बढुवाको सिफारिस प्रक्रियासम्मत रहेको ठहर गरेपछि तीन जना प्रहरी नायब महानिरीक्षक (डीर्आइजी)हरूलाई एआईजीमा बढुवाका लागि बाटो खुलेको हो ।
आयोगका अध्यक्षको नेतृत्वमा रहेको उजुरी सुनुवाइ समितिले उजुरीमाथि छानबिन गरेर कैफियत नदेखिएको जवाफ दिएको स्रोतले जनाएको छ ।
समितिले उजुरी परेपछि बढुवासँग सम्बन्धित कागजात मागेर छानविन गरेको थियो ।
कागजपत्र अध्ययनपछि बढुवा सिफारिसमा कैफियत नदेखिएको आयोगले जनाएको छ । आयोगको यो निर्णयपछि बिहीबार बस्ने मन्त्रिपरिषदको बैठकले संभवत ३ जना एआईजीहरूको बढुवा गर्नेछ ।
गृहसचिव नेतृत्वको बढुवा समितिले तीन जना डीआईजीहरू बसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।
डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवा प्रक्रियाविरुद्ध आयोगको उजुरी सुनुवाइ समितिमा उजुरी दिएका थिए ।
फागुन १२ गते बसेको मन्त्रिपरिषदले नेपाल प्रहरीमा तीन जना एआईजी थप्ने निर्णय गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया