प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई गृहजिल्लामा सम्मान
दोलखा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत मंगलबार चरिकोटमा सम्मानित भएका छन् ।
पत्रकारितामार्फत लामो समयदेखि जनअधिकारको पक्षमा काम गरेको भन्दै बस्नेतलाई सम्मान गरिएको हो ।
दोलखाको पुरानो र ठूलो शैक्षिक संस्था गौरीशंकर बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सबको दिन पारेर युवा पत्रकार बस्नेतलाई सम्मान गरेको छ ।
प्रमुख अतिथि समाजसेवी एवं क्याम्पसका संस्थापक अध्यक्ष आत्मकृष्ण श्रेष्ठले दोसल्ला र सम्मानपत्रसहित बस्नेतलाई सम्मान गरेका हुन् ।
काउन्सिल अध्यक्ष बस्नेतको जन्मस्थान समेत दोलखाको भिमेश्वर नगरपालिका ५, विसुन्टोल हो ।
बस्नेतले २०५२ सालमा छलफल साप्ताहिकबाट पत्रकारिता सुरु गरी २०५७ सालमा कान्तिपुर पब्लिकेशन्स्मा प्रवेश गरेका थिए ।
करिब २० वर्ष कान्तिपुर दैनिकमा सक्रिय पत्रकारिता गरेका बस्नेत ९ महिना अघि नेपाली मिडिया नियमनकारी निकायको सर्वोच्च पदमा पुगेका छन् ।
२०३८ सालमा स्थापित उक्त क्याम्पस हिमाली जिल्लाहरूमध्ये देशकै सबैभन्दा ठूलो हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिभन्दा माथि राख्नुपर्ने सुझाव दिए । सञ्चालक समिति अध्यक्ष राजेन्द्र मानन्धरले क्याम्पसले आजसम्म गरेको प्रगति र भावी योजना समेतबारे सुनाए ।
त्यसअवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडासहित अन्य व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया