डा.महतलाई कांग्रेसले दियो प्रचार समितिको जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति’ गठन गरेको छ ।
मंगलबार ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री समेत रहेका डा.महतलाई प्रचार–प्रसार समितिको जिम्मेवारी दिएको हो ।
सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन र प्रचारको विशेष भूमिका खेल्नका लागि सभापति देउवाले डा.महतलाई जिम्मेवारी दिएका हुन् ।
यसैबीच, कांग्रेसले उप–सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ पनि गठन गरेको छ ।
Published : Tuesday, 2022 March 29, 9:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया