राप्ती गाउँपालिका– १ मा खेलकुद प्रतियोगिता सुरु
तीर्थराज ज्ञवाली
पाखापानी । दाङको राप्ती गाउँपालिकामा खेलकुद प्रतियोगिता सुरु भएको छ ।
मंगलबारदेखि युवाहरूलाई लक्षित गरेर स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकुद प्रतियोगिता सुरु भएको हो ।
राप्ती गाउँपालिका– १ को वडा कार्यालयको आयोजनामा भलिवल, क्रिकेट, ब्याडमिन्टन, फुटवल प्रतियोगिता सुरु भएको छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
खेलकुद प्रतियोगितामा वडा नं. १ का खेलाडीहरूले सहभागिता जनाउनेछन् ।
भलिवल प्रतियोगितामा ६ टिम, क्रिकेट प्रतियोगितामा ५ टिम, ब्याडमिन्टन प्रतियोगितामा २४ टिम, फुटवल प्रतियोगितामा ५ टिमको सहभागितामार्फत करिव २ सय बढि युवाको प्रत्यक्ष खेलमा सहभागिता रहेको वडा सचिव विश्व पौडेलले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष सुवेदीका साथै उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, वडाध्यक्ष ताराबहादुर डिसी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, शिक्षक फर्सुराम आचार्य लयायतको उपस्थिति रहेको थियो ।
खेलकुद प्रतियोगिता दुई दिन चल्ने संयोजक हीरा शर्माले जानकारी दिए ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया