सभापति बानियाँद्वारा प्युटारमा अस्पताल उद्घाटन, कांग्रेसले विकासको मूल फुटाइदियो
प्युटार । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् संसदीय दल नेता ईन्द्रबहादुर बानियाँले कांग्रेसका कारण गाउँ–गाउँमा विकास भित्रिएको बताएका छन् ।
बिहीबार ललितपुरको बागमती गाउँपालिकास्थित प्युटारको थाङ्सिङ्टार अस्पतालको उद्घाटन गर्दै सभापति बानियाँले कांग्रेसले स्वास्थ्य, शिक्षा र ग्रामीण क्षेत्रको विकासमा ध्यान दिएको बताए । उनले कांग्रेसका कारण गाउँका जनताले स्वास्थ्य र शिक्षामा पहुँच पाएको बताएका छन् ।
सभापति बानियाँले अबको निर्वाचनमा कांग्रेसले जित्नुपर्ने र त्यसका लागि जनताले रुख चिन्हमा भोट हालेर विजयी बनाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन, नेता गजेन्द्र महर्जनलगायतको उपस्थिति रहेको थियो ।






बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया