महानिरीक्षकले ५ जना डीआईजीहरूलाई फुली लगाइदिए, एसपीको पनि भाग्य खुल्यो
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका ५ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बिहीबार सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित कार्यक्रममा खनालले ५ जना पदोन्नति भएका डीआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
आईजीपी खनालले सशस्त्र प्रहरी उपरीक्षक पदमा अवकास पूर्व विषेश बढुवा भएका १ जना अधिकृतलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
गृहमन्त्रिस्तरको चैत ६ गतेको निर्णयले प्राबिधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ई.सन्दीप थापा प्राबिधिक समूह, ईन्जिनियरिङतर्फ तथा प्राबिधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा.रुपक महर्जन प्राबिधिक समूह स्वास्थ्यतर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरू बिदुर खड्का, लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल साधारण समूह साधारण उप–समूहतर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।
गृहसचिवस्तरको फागुन २७ गतेको निर्णयले सशस्त्र प्रहरी उपरीक्षक निरन्करनाथ शुक्ल अवकास पूर्व सो पदमा बिषेश बढुवा भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया