नेपाल टेलिकमको फेसबुक पेजमा गडबडी
काठमाडौं । सरकारी सञ्चार सेवाप्रदायक नेपाल टेलिकम (एनटिसी) को फेसबुक पेजको नाम बुधबार राति अचानक परिवर्तन भयो ।
टेलिकमका महत्वपूर्ण निर्णय, सूचना र कार्यक्रमबारे नियमित अपडेट हुने यो फेसबुक पेजको नाम परिवर्तन गरेर बुधबार राति आठ बजेपछि नेपाल न्यूज राखिएको छ ।
नेपाल टेलिकमले आफ्नो वेबसाइटमा पनि यही ३ लाख ६९ हजार ४२१ लाइक भएको फेसबुक पेजलाई आफ्नो आधिकारिक पेजका रुपमा प्रस्तुत गरेको छ ।
नेपाल टेलिकम जस्तो प्रविधिको दिग्गज कम्पनीको फेसबुक पेजमा यति गम्भीर लापरवाही कसरी भयो ? यसबारे संस्थानले केही बोलेको छैन ।
आईटीसम्वद्ध केही व्यक्तिहरूले भने एनटीसीको फेसबुक पेज ह्याक भएको हुन सक्ने अनुमान गरेका छन् ।
उनीहरूले नेपाल टेलिकमले उपभोक्तालाई दिने सेवामा जस्तै फेसबुक पेजमा पनि लापरबाही गरेर ह्याकरको पहुँमा पु¥याएको तर्क गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत