गृह मन्त्री खाणसँग सीके राउतका नेताहरूद्वारा भेट
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटघाट गरेका छन् ।
शुक्रबार गृह मन्त्रालयमा भएको भेटघाटमा शान्तिपूर्णरूपमा गरेको आन्दोलनमा गिरफ्तार पार्टीका नेता कार्यकर्ता रिहा गर्न उनीहरूले गृहमन्त्री खाणसँग माग गरेका छन् ।
शान्तिपूर्ण आन्दोलनमा गिरफ्तार गरी लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेता कार्यकर्ताको रिहाइ गरिनु पर्ने उनीहरूको माग थियो ।
गृहमन्त्री खाणले यथार्थ के हो बुझ्ने बताएका छन् । खाणले नागरिकको जीवन रक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका केही जिल्लाहरूमा किसान आन्दोलनका नाममा उत्पात मच्चाएको छ ।
राउतका अराजक कार्यकर्ताले मधेश प्रदेशका जिल्लामा सवारी सधान जलाउने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, सर्वसाधारणलाई कुटपिट गर्ने, घरेलु हतियारसहित प्रदर्शन गर्ने जस्ता हर्कत गर्दै आएका छन् ।
संविधान र कानून विपरीत कार्य गर्ने जो कोहीलाई पनि सुरक्षा निकायले कानूनअनुसार कारबाही गर्दै आएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया