बाग्लुङ कांग्रेसका सभापतिद्वारा पार्टी कार्यालय बनाउन १ करोडको जग्गा खरिद, १० करोड संकलन गर्ने

बाग्लुङ । नेपाली कांग्रेस बाग्लुङले आफ्नै पार्टी कार्यालय बनाउन अभियान शुरु गरेको छ ।

पार्टी सभापति जीतबहादुर शेरचनले पार्टी कार्यालयका लागि निर्णय गरेर तयारी थालेका हुन् । बाग्लुङ कांग्रेसले पार्टी कार्यालयका लागि घडेरीको व्यवस्था पनि गरिसकेको छ ।

पार्टी कार्यालयका लागि बाग्लुङ नगरपालिका–३ नारायणचोकमा १४ आना जग्गा व्यवस्थापन भइसकेको छ ।

दुई करोड पाँच लाखमा जग्गा खरिद गरिएको हो । भवन निर्माणको लागि नक्साको काम भइरहेको सभापति शेरचनले बताएका छन् ।

पार्टी कार्यालय सुविधा सम्पन्न बनाइनेछ । कांग्रेसका नेता तथा शुभेच्छुकहरूले पार्टी कार्यालयको भवन बनाउन धमाधम सहयोग प्रदान गरिराखेका छन् ।

भवन बनाउन करीव पाँच करोड खर्च हुने अनुमान गरिएको छ । जग्गा खरिदसहित भवन निर्माणका लागि कांग्रेसले अहिलेसम्म विभिन्न व्यक्तिबाट ३० लाख रुपियाँ संकलन गरिसकेको छ ।

सभापति शेरचनले जग्गा खरिद, भवन निर्माण र कार्यालय सञ्चालनका लागि कोष निर्माण गर्न भन्दै १० करोड उठाउने लक्ष्य राखेका छन् ।

पार्टी कार्यालयको लागि १० आनामा ६ तलाको भवन बन्नेछ । दुई वर्षमा पार्टीको कार्यालय निर्माण भइसक्नेछ ।

Published : Thursday, 2022 February 10, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया