सात हजारभन्दा धेरै प्रहरीको एकै पटक सरुवा

काठमाडौं । नेपाल प्रहरीका ७ हजार ३ सय ४४ जना जवानहरूको सरुवा भएको छ ।

प्रहरी मुख्यालयले बुधबार बिहान ठूलो संख्यामा प्रहरी जवानहरूको सरुवा गरेको हो ।

सरुवा भएका जवानहरूले सम्बन्धित कार्यालयबाट तलब, भत्ता, रासन बुझ्नुपर्नेछ ।

दुई दिन अगाडि मात्रै प्रहरी मुख्यालयले ठूलो संख्यामा प्रहरी हवल्दारहरूको सरुवा गरेको थियो ।

Published : Wednesday, 2022 February 9, 9:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया