एमाले समर्थक ‘गुण्डा नाइके’सँग स्पष्टीकरण माग

विराटनगर । गुण्डा नाइकेले चर्चित एमालेका नेता एवम् प्रदेश १ खेलकुद बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ‘पर्शुराम’सँग स्पष्टीकरण सोधिएको छ ।

प्रदेश–१ का सामाजिक विकासमन्त्री राजन राईले बस्नेतसँग स्पष्टीकरण माग गरेका हुन् । बस्नेतलाई स्पष्टीकरणको जवाफ तीन दिनभित्र दिन समय दिइएको छ ।

एमालेको सरकारले बस्नेतलाई बोर्डको सदस्य सचिव नियुक्त गरेको थियो । सदस्य सचिवमा नियुक्ति गर्दा बस्नेतको योग्यता नपुगेको मन्त्री राईले बताएका छन् ।

प्रदेशमा सदस्य सचिव बन्नका लागि कम्तीमा १० वर्ष खेलकुद क्षेत्रमा योगदान दिएको र असल चालचलन भएको हुनुपर्ने उल्लेख छ ।

बस्नेतविरुद्ध अकूत सम्पत्ति आर्जनको मुद्दामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरी मुद्दा दर्ता गरेको थियो । उनले सम्पत्ति शुद्धीकरणको मुद्दामा सफाइ पाइसकेका छन् ।

मन्त्री राईले चित्तबुझ्दो स्पटीकरण नआएमा बस्नेतलाई सदस्य सचिव पदबाट मुक्त गरिने बताएका छन् ।

Published : Tuesday, 2022 February 8, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया