यस्तो छ साँढे मन्त्रीको अर्को ‘कर्तुत’

काठमाडौं । कर्मचारीहरूलाई साँढे भनेर चर्चित बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले रारा तालमा बिनाप्रतिस्पर्धा रेष्टुरेन्ट चलाउन दिएको खुलासा भएको छ ।

बन मन्त्री बनेका बेला मन्त्री आलेले मुगु जिल्लाको छयाँनाथ रारा नगरपालिका—९ स्थित रारा तालको छेउमा बिनाप्रतिस्पर्धा गोपाल बमलाई होटेल सञ्चलान गर्न अनुमति दिएको खुलासा भएको हो ।

मन्त्री आले पनि क्लिन व्यक्ति होइनन् । उनलाई काठ तस्करीको आरोप छ । एमाल फुटाउन करोडौँ रुपियाँ खर्च गरेको आरोप छ । क्यासिनो सञ्चालनको अनुमति दिँदा उनले करोडौँ रुपियाँ उठाएको चर्चा पनि छ ।

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक कनिष्ठ कर्मचारी प्रदीप अधिकारीलाई बनाएको भनेर आलोचना भएको छ । वरिष्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठ कर्मचारी अधिकारीसँग आर्थिक लेनदेन गरेको महानिर्देशक बनाएको आरोप पनि छ ।

बम नेकपा (एकीकृत समाजवादी) सांसद पनि हुन् । उनले रारामा २२ वर्षदेखि होटल सञ्चालन गरिरहेका छन् ।

बलमे रारा तालमा सामान्य क्यान्टिनको अनुमति लिएका थिए । उनले रारा ताल र निकुञ्ज क्षेत्रभित्र बिनाप्रतिस्पर्धा होटल चलाइरहेको रहस्य बाहिर आएपछि मन्त्री आलेको चरित्र झन् उदाङ्गो भएको छ ।

सांसद बमले क्यान्टिनलाई होटल बनाएर डाँफे गेस्ट हाउस नाम राखेका छन् । आलेका कारण होटेल चलाउँदै आएका बमले रारामा एकलौटी लुट मच्चाएको आरोप छ ।

निकुञ्ज कार्यालयले होटेल डाँफेको सम्झौता अवधि सकिएपछि सम्झौता नगर्ने तयारीमा थियो । मन्त्री आलेको पावर लगाएर बमले अनुमति पाएको आरोप छ ।

आले बन मन्त्री बनेका बेला क्यान्टिनको अनुमतिमा होटल सञ्चालन गर्न बमले पाँच वर्ष समय थपेको स्रोतले जनाएको छ ।

२०७८ जेठ ७ मा मन्त्री आलेले पाँच वर्ष म्याद थप्ने निर्णय भएको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पत्र पठाएका थिए ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आर्थिक वर्ष २०७६–०७७ मा रारा राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रको व्यवस्थापन योजनाको प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गरेको थियो ।

आर्थिक वर्ष २०७६–०७७ देखि २०८०–०८१ सम्मको पञ्चवर्षीय योजनामा विभागले त्यसलाई पारित समेत गरिसकेको छ ।

योजनामा रारा तालको सौन्दर्य जोगाउन ताल क्षेत्रमा रहेका भौतिक संरचना होटेल तथा निकुञ्ज सुरक्षामा खटिएको सेनाको ब्यारेक र निकुञ्जको कार्यालय मध्यवर्ती क्षेत्रमा स्थापना गर्न सुझाव दिएको थियो ।

डाँफे होटेलको सञ्चालन सम्झौता सकिन डेढ महिना बाँकी रहँदै आलेले मन्त्रिस्तरीय निर्णय गरेर बमलाई पाँच वर्ष म्याद थपेको पत्र पठाएको स्रोतको दाबी छ । यस विषयमा प्रतिक्रिया लिन मन्त्री आले र होटेल सञ्चालक बमसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

नारायणहिटी दरबार संग्राहलयभित्र उत्पात मच्चाएका मन्त्री आलेको एकएक हर्कतहरू बाहिर आउन थालेका छन् । निजी क्षेत्रका व्यवसायीहरूविरुद्ध मन्त्री आलेले आतंक मच्चाएर लगानीको वातावरण विगारेको आरोप छ ।

व्यापारीहरूलाई मन्त्री आलेले पुर्‍याएको नोक्सानीको भरपाइ गर्नुपर्नेछ । आलेले त्यो नोक्सानी राज्यको ढुकुटीबाट दिन्छन् कि आफ्नो निजी सम्पत्तिबाट काटेर दिन्छन् हेर्न बाँकी छ ।

Published : Monday, 2022 February 7, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया