लाखुरी भञ्ज्याङले युरोपलाई भुइलाइदियो, हिउँ परेपछि यस्तो देखियो काठमाडौं

लाखुरी भञ्ज्याङ । ललितपुर जिल्लाको लाखुरी भञ्ज्याङमा हिउँ परेर ढपक्कै छोपिएको छ ।

बिहीबार रातिबाट परेको वर्षातका कारण लाखुरी भञ्ज्याङमा आधा फिटसम्म हिउँ परेको हो । लाखुरी भञ्ज्याङमा हिउँ परेपछि स्थानीयहरूको ठूलो घुइँचो लागेको थियो ।

शुक्रबार काठमाडौं उपत्यकाबाट पनि उल्लेख्य सर्वसाधारणहरू हिउँमा खेल्न लाखुरी भञ्ज्याङ आएको स्थानीय युवा सुकुमान तामाङले जानकारी दिए ।

तामाङले भने, ‘लाखुरी भञ्ज्याङमा यस पटक निकै हिउँ परेको छ । आधा फिटसम्म हिउँ परेको छ । काठमाडौं उपत्यकाबाट हिउँमा खेल्न आउनेहरूको घुइँचो पनि देखियो ।’

लाखुरी भञ्ज्याङमा होटल माऊण्ट मोनाष्ट्रि टेरेस रिसोर्ट पनि छ । सो रिसोर्टमा पनि हिउँले ढपक्कै ढाकेको छ । रिसोर्टबाट काठमाडौं उपत्यकाको दृष्य निकै सुन्दर मनमोहक देखिएको थियो ।

Published : Saturday, 2022 February 5, 8:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया